Abhilekhalaya , Bhadrakali Kathmandu


श्री सैनिक अभिलेखालयको संक्षिप्त जानकारी

नेपालमा विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालयका निजामति, जंगी तथा प्रहरी कर्मचारीहरुको व्यक्तिगत अभिलेख तयार गरी व्यवस्थित तरिकाबाट राख्ने कार्यको लागि तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाको पालामा वि.सं.१९०४ साल मंसिर १२ गते निजामती, जंगी र प्रहरीका छुट्टा छुट्टै तीन वटा फांट मिलाएर नेपालमा "कमाण्डरी किताब खाना" को स्थापना भएको थियो । वि.सं.२००९ सालमा नेपाली सेनाको पुनर्गठन भए पश्चात जंगी फाँटलाई अलग गरी सैनिक सेवामा रहेका व्यक्तिहरुको अभिलेख अध्यावधिक राख्न क.कि.जंगी फाँटको स्थापना भयो । कमाण्डरी किताबखाना (क.कि.) जंगी फाँटको कार्य संचालन मिति २०२७।०३।०२ गतेसम्म निजामती कर्मचारीबाट गर्ने गरेकोमा त्यस पछि उपसचिव स्तरको प्रमूख सेनानीबाट कार्य संचालन हूदै आईरहेको थियो । क.कि.जंगी फाँटलाई वि.सं.२०४३ साल बैशाख १ गतेबाट लागू हुने गरी तत्कालिन "श्री शाही नेपाली सैनिक अभिलेखालय" नामाकरण गरी काठमाण्डौ भद्रकालीमा खडा गरियो

देशमा गणतन्त्र पस्चात मिति २०६३।०३।१९ गते श्री "सैनिक अभिलेखालय" भनी नामाकरण गर्नुका साथै महा सेनानी दर्जाको दरबन्दी समेत कायम गरियो। सैनिक अभिलेखालयको दैनिक गरिने प्रशासनिक कार्य (निबृत्तभरण र उपदान) सम्पादन गर्नको लागि मिति २०६८।०९।२९ गतेसम्म श्री रक्षा मन्त्रालय अन्तर्गत रक्षा लेखा नियन्त्रकको कार्यालयसंग प्रत्यक्ष संलग्नता रहेको थियो । रक्षा मन्त्रालयको संगठन तथा दरबन्दी पूनसंरचना गर्ने क्रममा रक्षा लेखा नियन्त्रकको कार्यालयलाई खारेज गरी सो कार्यालयबाट भई रहेको निबृत्तभरण सम्बन्धि सम्पुर्ण कार्यहरु मिति २०६८।१०।०१ गतेबाट त्रिपुरेश्वर स्थित कौशी तोषाखाना कार्यालयमा स्थानान्तरण गरी नि.भ. व्यवस्थापनको कार्यालयको नामबाट कार्य सम्पादन हुदै आईरहेको छ । यसको अतिरिक्त सैनिक अभिलेखालयले अन्य कार्यालयहरु, सैनिक आवास तथा विमा शाखा, कर्मचारी संचयकोष र नागरिक लगानी कोषसंग आवश्यक समन्वय राखी कार्य सन्चालन गर्दै आइरहेको छ ।

अभिलेखालयपति

Commander

म. से. मिन ध्वज खड्का

सैनिक अभिलेखालय, जंगी अड्डा

अन्य उपयोगी साईटहरु